सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले ५८ औं वालदिवसको अवसरमा विद्यार्थी कम्बल सहयोग गरेको छ । सदरमुकाममा रहेको हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कपडाको समस्या भएपछि गाउँपालिकाले कम्बल सहयोग रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो ।
मानसरोवर माध्यामिक विद्यालय अन्तरगतको हिमाली छात्रावासमा अध्ययन गर्ने ५० जना विद्यार्थी मध्ये २५ जनालाई एक–एक थान कम्बल सहयोग गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारी र उपाध्यक्ष सुशीला रोकायाले विद्यालयका प्रधानाध्यापक अमरबहादुुर शाहीलाई ती कम्बल हस्तान्तरण गर्नुभएको थियो ।
केही दिनअघि गाउँपालिकाका जनप्रतिनिधिहरु अनुुमगन गर्न जाने क्रममा छात्रावासमा बस्ने विद्यार्थीलाई कपडाको समस्या भएको बताएको थियो । गाउँपालिकासँग कम्बल मौज्दात रहेकाले छात्रावासलाई सहयोग गरिएको हो । बाँकी २५ जना विद्यार्थीलाई पनि चाँडै कम्बल उपलब्ध गराउने अध्यक्ष भण्डारीले प्रतिबद्धत जनाउनुुभयो ।
यस्तै ५८ औं बाललिवस जिल्ला सदरमुकाम सहित सातवटै गाउँपालिकामा भव्यका साथ मनाइएको बताइएको छ । विभिन्न जनचेतनामुलक सन्देशको सडक नाटक देखि सांस्कृतिक कार्यक्रम गरेर यो दिवस मनाइएको हो । यहाँका विद्यार्थीले आफ्नै मौलिख संस्कृति झल्किने पहिरन लगाए नृत्य समेत पर्दशन गरेका थिए ।