असोज महिनामै हुम्लाको लिमीमा हिमपात

नेपालचेक समाचारदाता आइतबार, आश्विन ०२, २०७९

सिमकोट । हिमाली पारीको गाउँको नामले चिनीने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमि सहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुईदिन लगातार पानी परेको थियो भने लिमी सहित अग्गा डाडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्ये देखिएका छन् ।

हिमपातले चिसो बढेसँगै लेकमा लगेका पशुवस्तु र गाईगोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौंरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । नाम्खा गाउँपालिका ६ को लिमी गाउँमा असोज महिनामै हिमपात भएको हो । विहीबार राती देखि लगातर बर्षा हुँदा हुम्लाको उतरी लिमीका तिनवटै तिल,हल्जी र जाँङ्ग गाउँ एक्कासी हिमपात भएको स्थानीय तेन्जिननुर्वु लामाले बताउनुभयो । उहाँका अनुसार अविरल परेको हिमपातले अन्नवालीमा समेत क्षेती गरेको बताउनुभयो ।

अबिरल बर्षा हुँदा बर्षको एक पटक पाक्ने बाली नाफल लगायतको अन्नपात नष्ट गरेको छ । जलवायु परिवर्तनका कारण यस नकारत्मक असरले फेरि यो वर्ष पनि लिमी बासीलाई सरकारी राहत माथी निर्भर हुन् बाध्यता परेको लामाले गुनासो पोख्नुभयो । हाल नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा लिमीमै भएकोले न्याउलु लेकको बाटो खुलाई सक्दो राहतको पहल गर्ने अध्यक्ष लामाले बताउनुभयो । उत्तरी हुम्लाको कार्तिक महिना अन्तिम साता देखि हिमपाता शुुरु हनु पर्नेमा यस पटक समयमा मौसम परिवर्तनकै कारण भदौं अन्तिम दिनमा हिउँ परेको हो ।

उतरी नाम्खा गाउँपालिकाको लिमीमा चार इन्च हिउँ जमेकोे नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताउनुभयो । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र अविरल परिरहेका बर्षाले प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका स्थानीयलाई सतर्क रहन आग्रह समेत गरेका छन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]