लिमीवासी सञ्चारको पहुँचमा

नेपालचेक समाचारदाता मंगलबार, आश्विन ०४, २०७९

सिमकोट । हुम्लाको उत्तरी नाउँपालिकाको लिमी सञ्चारको पहुँचमा जोडिएको छ । नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ भनेर चिनीने लिमीमा मोबाइलको टावर निर्माण भई सञ्चालनमा आएको हो । नेपाल टेलिकमको मोबाइल टावर निर्माण पूरा हुँदा मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन् ।

नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँ तिल, जाङ र हल्जि गाउँ सञ्चारको पहुँचमा जोडिएका हुन् । मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीबासी पूर्णरुपमा सञ्चारको पहुँचमा आएका छन् । यसबाट लिमीवासीको मोबाइलमा कुुरा गर्ने सपना बल्ल पूरा भएको छ ।

यसअघि लिमीमा सञ्चार माध्याम भनेको टेलिकमकै एक लाइन भिस्याट ल्यान्डलाइन टेलिफोन सेवा थियो । दिउँसो घाम लागेको समय मात्र टेलिफोन सेवा सुचारु हुन्थ्यो । यसअघि लिमीका स्थानीयले हातमा भएको मोबाइलले गीत संगीत सुुन्न र फिल्म हेर्न प्रयोग गर्ने गरेकोमा अब भने एक आपसमा कुराकानी गर्न पाएका छन् ।

मोबाइल सेवा सञ्चालन आएको दिनबाट यहाँका स्थानीयका मोबाइलमा निकै व्यस्त देखिएका छन् । वर्षौंदेखि मोबाइलमा कुराकानी गर्ने चाहना पूरा भएपछि स्थानीयले खुसीयाली समेत मनाएका छन् । गाउँपालिकाका अध्यक्ष प्रेम लामाले निकै प्रयासका बाबजुद लिमीमा टावर निर्माण पूरा भएर मोबाइल सेवा सञ्चालनमा आएको बताउनुभयो ।

लिमीमा टावर निर्माणका लागि पाँच वर्षअगाडि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेको थियो । तीन वर्षदेखि टावर निर्माणका सामान लिमी पुुगेका थिए । गत वर्ष घर निर्माण कार्य, सोलार प्यानल र ब्याट्री जडान भएको थियो । तर, टावर पुरानो र बिग्रिएको परेपछि उक्त वर्ष सेवा सुुचारु हुन सकेको थिएन । यस वर्ष टावरको नयाँ छाता र प्राविधिक लिमी पुुगेर जडान गरेपछि सेवा सुचारु भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]