सिमकोट । हुम्लाको सिमकोट गाउापालिका वडा नम्बर ७ का ओख्रेन गाउँका एक जना २३ वर्षिय युवकको भीरबाट लडेर मृत्यु भएको छ । दशैंको टीका लगाएर एक गाउँबाट अर्को गाउँ जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर वडा ७ ओख्रेनका २३ वर्षीय बलराम विकको घटनास्थलमै मृत्युु भएको हो ।
बुुधबार बेलुुका दशैंको टीका लगाएर अर्को गाउँका आफन्तको घरमा टीका लाउन जानेक्रममा बिकको भीरबाट लडेर मृत्यु भएको हो । टीका लगाएपछि मृतक बिकले थोरै मदिरा पनि सेवन गरेका थिए । टीका लगाउन जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर युवकको मृत्युु भएको बिर बहादुर सिंहले बताउनुभयो ।
परिवारका सदस्यले रातिसम्म टीका लगाएर घर फिर्ता आउने आशामा रहेको भए पनि युवक घर नआएपछि खोजी गरिएको थियो । मृतक बिकको बिहीबार बिहान भीरबाट लडेको अवस्थामा लाश भेटिएको थियो । एक वर्ष अगाडि बिबाह गरेका बिकको श्रीमती गर्भवती अबस्थामा रहेको परिवारका सदस्यले बताएका छन् ।