अदानचुली अध्यक्ष फडेराद्धारा ‘हिरा बोहरा बचाउ’ अभियानमा एक लाख सहयोग

नेपालचेक समचारदाता बिहिबार, आषाढ ३१, २०७८

सिमकोट । हृदयघात भएर उपचारमा आर्थिक समस्या भएका हिरा बोहराको उपचारमा अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एक लाख आर्थिक सहयोग गरेका छन् ।

बोहरोको उपचारमा चरम आर्थिक समस्या भएपछि सहयोग जुटाउन शुरु गरिएको ‘हिरा बोहरा बचाउ अभियान’ मार्फत अध्यक्ष फडेराले एक लाख आर्थिक सहयोग गरेका हुन् ।

अध्यक्ष फडेराले अभियानमार्फत बोहराकी श्रीमती सम्झना रोकायाको राष्ट्रिय बाणीज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०१००००९९८२०१० मा अदानचुली स्थित ग्लोवल आइएमई बैंकबाट उक्त रकम सहयोग गरेको जानकारी दिए ।

यूवा अवस्थामै त्यस्तो रोग लागेका बोहराको उपचारमा आर्थिक अभाव नहोस् भन्नका लागि सहयोग गरेको बताएका अध्यक्ष फडेराले अँझै समस्या भए आफू संस्थागत र व्यक्तिगत रुपमा सहयोग गर्न तयार भएको जानकरी दिए ।

गएको असार २१ ग्त अचनाक हृदयघात भएका बोहरालाई जिल्लामा उपचार संभव नभएपछि हेलिकोप्टर रिर्जभ गरेर गंगालाल हृदयरोग केन्द्र बाँसवारीको सिसियू कक्षमा उपचार भैरहेको छ ।

हेलिकोप्टरको चार्टरमशै सात लाख रकम खर्च भएको र अस्पतालमा दैनिक ३० सहजारका दरले रकम खर्च हुन थालेपछि घरको आथिृक अवस्थाले नधान्दा असार २७ गतेदेखि किर्डाक नेपालकाका निर्देशक गोविन्दबहादुर शाही, सिमकोट–५का समाजिक अभियान्ता राजबहादुर रोकाया र पत्रकार नवराज महताराले संयुक्त रुपमा ‘हिरा बोहरा बचाउ’ अभियान सञ्चालन गरेका छन् । योसमाचार तयार पारुञ्जेलसम्म अभियान अन्तरगत व्यक्तिगत तथा संस्थागत रुपमा ९ लाख ७५ हजार ३८५ रकम संकलन भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]