हुम्लामा १८ कैदीबन्दीले मतदान गर्न पाउने

नेपालचेक समाचारदाता सोमबार, कार्तिक २८, २०७९

सिमकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हुम्ला कारागारमा रहेको थुनुवा तथा कैदीले पनि मतदान गर्न पाउने भएको छ । सदरमुकाम सिमकोटमा रहेको कारागारका १८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । उनिहरुका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार सरकारी कर्मचारी, ब्यारेकमा रहेका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारीले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने उल्लेख छ । सोही अनुसार त्यसका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्न पाउने व्यवस्था गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले बताएको हो । कारागारमा रहेका सबै कैदीबन्दीहरु १८ वर्ष माथिका रहनुका साथै उनिहरुले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्न पाउने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]