नेपाली सेनाद्वारा खुलालु–सलीसल्ला सडक हस्तान्तरण

दाने बोहरा शुक्रबार, साउन ०१, २०७८

नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तर्गतको हिल्सा सिमकोट सडक आयोजनालाई विहिबार हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडकलाई हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताए ।

प्रमुख कार्कीले भने, “कोरोनाका कारण निर्धारित समयमा कामसक्न केही ढिलाई भएको बताउँदै, सेनाले काम भने पूरा गरेको छ ।” हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथी चौरमा आयोजना गरिएको थियो ।

कर्णाली करिडोरको खुलालु, लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाकातर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गर्नुभएको थियो । सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गरेका गर्नुभएको हो ।

हस्तान्तरण पछि सडकको जिम्मेवारी लिँदै योजना प्रमुख लामाले अब सडकको पूर्णरुपमा अपनत्व लिने बताए । हस्तान्तरण कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको पनि उपस्थिति रहेको थियो ।

सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडकको निर्माण कार्य पूरा गरेको हो । निमार्ण भएको कुल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलो मिटर निर्माण भएको सडक पर्छ ।

कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । खुलालु लैफु हुँदै सलीसल्ला खण्डको काम २०७० सालमा सेनाले काम सुरु गर्दै आएको थियो भने हुम्ला खण्डमा २०७३ चैत्र ९ गतेबाट निर्माण कार्य सुरु गरेको थियो ।

चारवटा गाउँपालिका सडक सञ्चालनमा जोडिए

हुम्लाका चारवटा गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका चारवटा गाउँपालिका सडक सञ्चालसँग जोडिएसँगै दक्षिण क्षेत्रका नागरीकलाई आवतजावतमा सहज हुने भएको छ ।

दक्षिण क्षेत्रका नागरीकहरुले अन्तरजिल्ला जोडिन तथा जिल्ला बाहिर जानको लागी चार दिन हिडेर सदरमुकाम सिमकोटमा पुगेर दुई तीन दिन बसेर जिल्ला बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो । नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोरको सडकले हुम्ला जिल्लालाई मात्र नभएर बाजुरा, मुगु जिल्लाका नागरीकलाई प्रत्यक्ष टेवा पुगेको अध्यक्ष फडेराले बताउनुभयो । यहाँका नागरीकहरुले पिठ्यूमा भारी बोक्नुपर्ने अवस्था र घोडा खच्चडबाट सामाग्री ढुवानी गर्नु पर्ने अवस्थामाको अन्त्य भएको अध्यक्ष फडेराले बताउनुभयो ।

जिल्लाका चारवटा गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै लैफु खुलालु देखि सलीसल्लासम्मको १ सय ४२ दशमल ७५ किलोमिटर सडकको अध्ययन गरी १२ महिना यातायत सञ्चालन गरीने भएको योजना प्रमुख बिसुनदास लामाले बताउनुभयो । सेनाले सडक हस्तान्तरण गरेसँगै जिल्लाको चंखेली गाउँपालिकाको सलीसल्ला सम्म यातायात सञ्चालनमा आउने भएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]