सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार यतिबेला सुनसान देखिएको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ ।
निर्वाचन आउन एक दिनमात्र बाँकी रहँदा सदरमुकाममा बसोबास गर्दै आएका नागरीक भोट हाल्न गाउँ फर्किएपछि सदरमुकाम सुनसान छाएको छ । दुई दिनअघि सदरमुकाम आसपासका भन्दा टाढा घर भएका नागरी हिडिसकेका छन् भने आसपासका नागरीक आज विहानैबाट हिड्न सुरु गर्दा सिमकोटमा नागरीकको चाप कम छ । भने सदरमुकाम सिमकोटबाट बाहिरीनेको चाप बढेको छ ।
सदरमुकाममा रहेका अधिकांस होटेल पसल समेत बन्द रहेका छन् । मतदानका लागि आ आफ्नो मतदान केन्द्रमा नागरीक गाउँघर भरिभराउ भएपछि बन्द भएका हुन् । जिल्ला बाहिरबाट आएका पसल व्यवसायि र होटेल व्यवसायिको मात्रै खुल्ला रहेका छन् भने यहाँका स्थानीयको बन्द रहेका छन् ।
सिमकोट बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू मतदानका लागि आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अध्ययन तथा रोजगारीका लागि सदरमुकाम सिमकोट बजारमा रहेकाहरू गाउँघर फर्किएपछि सुनसान देखिएको हो ।