समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बन्यो एमाले, कुन पार्टीको मत कति ?

नेपालचेक समाचारदाता मंगलबार, मंसिर ०६, २०७९

काठमाण्डौं । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ । एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ ।

दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मत पाएको छ ।  नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ ।

यस्तै, जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ । रातोपार्टी

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]