हुम्लाका सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीले सुचना बिभागको प्रेश पास बनाउन पचास हजार खर्च हुनेमा तीन सयमा बनाउन पाएका छन् । एकिकृत सञ्चार शिविर सञ्चालन गर्न प्रेश काउन्सील सहितको टोली जिल्लामै आउदा सबै खर्च बचेको हो ।
जिल्लामा संञ्चार क्षेत्रका कार्यरत सञ्चारकर्मीहरुले सुचना बिभागद्धारा वितरण हुने प्रेश पास पहिलो पटक जिल्लामै पाउन सफल भएका छन् । प्रेश काउन्सील, न्यूनतम पारिश्रमिक निर्धारण समिति र सुचना विभागले जिल्लामै एकिकृत सञ्चार शिविर आयोजना गर्दा सो पास सहजै उपलब्ध भएको हो । उक्त पास बनाउन हुम्लाबाट सञ्चारकर्मी काठमाडौं जानु पर्ने भए कम्तीमा पचास हजार खर्च हुने गथ्र्यो । तर अहिले जिल्लामै पास बितरण सहितको शिविर सञ्चालन भएपछि सञ्चारकर्मीको सबै खर्च बचत भएको हो ।
शिविर सञ्चालन गर्न आउनु भएका सुचना विभागका निर्देशक भरत गौतमले जिल्लामा विभिन्न संञ्चार माध्याममा आबद्ध ३३ जना सञ्चारकर्मी, दुई वटा अनलाईन नयाँ दर्ता, एक वटा अनलाईनको नविकरण भएको बताउनुभयो । दुई जना सञ्चारकर्मीले पत्रकारिता क्षेत्रमा काम गरेको आफ्नो अनुभव प्रमाणित गरेर पास लिएका छन् । निर्देशक गौतमले बिकटमा पत्रकारिता क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुको समस्यालाई ध्यानमा राखेर बिभागले सो शिविर हुम्ला जिल्लामा सञ्चालन गरेको जानकारी दिनुभयो ।
सिमकोट टाईम्समा आबद्ध पत्रकार लोग भण्डारीले जिल्लामै सञ्चालन भएको एकिकृत प्रेस तथा सञ्चार शिविरबाट सुचना विभागद्धारा उपलब्ध हुने प्रेस पास पहिलो पटक पाएकोमा खुसी व्यक्त गर्नुभयो । चार वर्ष अगाडीदेखि उक्त पास लिन खोजे भएपनि काठमाडौंमा जानु पर्ने अवस्थाको कारण लिन नसकिएको बेला जिल्लामै उक्त पास वितरण सहितको शिविर सञ्चालन भएपछि बिना खर्च पास पाएको बताउनुभयो । यो शिविरबाट जिल्लाका ३३ जना सञ्चारकर्मीहरुको सात्त लाख भन्दा बढी खर्च बचत भएको छ ।
प्रेश काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले भन्नुभयो, “पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति नियमको कमी भएको बेला जिल्लाका सञ्चारकर्मीहरुका लागि एकिकृत सञ्चार शिबिर सञ्चालन भएर सम्पन्न गरीएको छ ।” प्रेश पास वितरण गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “कर्णालीको दुर्गमको जिल्लामा यस्ता कार्यक्रम गर्नका लागि केन्द्रले प्राथमिकतामा राख्नु पर्ने छ ”। दुर्गममा कार्यरत सञ्चारकर्मीहरुलाई क्षमता विकास कार्यक्रम अन्र्तगत सो कार्यक्रम हुम्ला सञ्चालन गरिएको हो ।
शिबिरमा आधारभुत पत्रकारिताको ज्ञान, सीप देखि पत्रकार आचार संहिता, मिडिया कोषले उपलब्ध गराउने सुविधाका बारेमा जानकारी गरिएको थियो । कार्यक्रममा न्यूनतम पारिश्रमिकका बारेमा पनि जानकारी गरिएको थियो ।
त्यसै गरि सुचना बिभागद्धारा जारी हुने प्रकृयाका बारेमा पनि जानकारी गरिएको छ । यसका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सील सदस्य दिपक पाण्डे, महासंघका सचिब गोबिन्द चौलागाई लगाएतको टोली आउनु भएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको सहभागिता रहेको छ ।
पत्रकारिताका बारेम डाक्टर बिजय मिश्रले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम महासंघ हुम्ला शाखाको समन्वय र सिमकोट गाउँपालिकाको पनि सहकार्य आयोजना भएको थियो ।