आजबाट एसइई परिक्षा, हुम्लामा एक हजार २ सय ३४ विद्यार्थी सामेल हुँदै

नेपालचेक समाचारदाता शुक्रबार, चैत्र १७, २०७९

सिमकोट । आजबाट देशभर सहित हिमाली जिल्ला हुम्लामा सुरु भएको माध्यामिक शिक्षा परिक्षा एसइईमा एक हजार २ सय ३४ जना विद्यार्थी सहभागी हुने भएका छन् । अहिले विहान ८ वजेबाट सुरु हुने उक्त एसइई परिक्षाको सम्पुर्ण तयारी कार्य पुरा हुनुका साथै हुम्लाबाट १ हजार २ सय ३४ जना परिक्षार्थीहरू एसइई परिक्षामा सामेल हुने भएका छन् ।

हुम्ला जिल्लामा ६ वटा परिक्षा केन्द्र रहेका छन् भने ती सबै परिक्षा केन्द्रबाट १ हजार २ सय ३४ जना परिक्षार्थीहरु मध्ये ५ सय ७४ छात्रा र ६ सय ६० जना छात्रले परिक्षा दिन पाउने भएको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी भिमराज कार्कीले बताउनुभयो ।

जसमा बालमन्दिर मावि परिक्षा केन्द्रमा २ सय ५६, मानसरोवर माविमा २ सय ८०, हिमज्योति मावि सर्केगाडमा २ सय ५३, सुर्यदय मावि श्रीसनगरमा १ सय ५७, मदानादेव मावि पाँदा ताँजाकोटमा २ सय ४० र कोट मावि रोडिकोटमा १ सय ४८ जना विद्यार्थीहरुले परिक्षा दिंन लागेको सूचना अधिकारी कार्कीको भनाई छ ।

त्यसै गरि बालमन्दिर मावि परिक्षा केन्द्रमा कैलाश रोकाया, मानसरोवर माविमा अमर बहादुर शाही, हिमज्योति मावि सर्केगाडमा जय बहादुर धामी, सुर्यदय मावि श्रीसनगरमा सुरविर शाही, मदानादेव मावि पाँदा ताँजाकोटमा धनसिंह बोहरा र कोट मावि रोडिकोटमा मुमलाल आचार्यले केन्द्राध्यक्षको जिममा पाएका हुन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]