सिमकोट । हुम्लामा ६० वर्षिय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परिक्षा एसइई दिएका छन । जिल्लाको मध्ये भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परिक्षा केन्द्रमा सर्केगाड गाउँपालिका वडा नम्वर ५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षिय छोरा यज्ञबहादुर शाहीले सँगै एसइईको परिक्षा दिएका हुन ।
पुरानो पुस्ता र नयाँ पुस्ताका बाबुछोराले सँगै एसइईको परिक्षा दिएको कोट माध्यमिक विद्यालय एसइईका केन्द्राध्यक्ष मुमलाल आर्चायले जानकारी दिनुभयो । यस्तै हिमज्योती माध्यामिक विद्यालय सर्केगाड परीक्षा केन्द्रबाट सर्केगाड गाउँपालिका–१ का ५० वर्षीय बाबु नन्दलाल बुमी र १६ वर्षीया छोरी जयलक्ष्मी बुमिले पनि एसइईको परिक्षा दिएको केन्द्राध्यक्ष जयबहादुर धामीले बताउनुभयो।
बाबु छोरीले पनि सँगै एसइईको परिक्षामा सहभागी रहेको केन्द्राध्यक्ष धामीको भनाई छ ।
अदानचुली गाउँपालिका–२ का ४८ वर्षीय कमलबहादुर बुढा र २३ वर्षीय छोराले सुर्यदय माध्यमिक विद्यालयको परिक्षा केन्द्रबाट परिक्षा दिएका छन । नयाँ पुस्ता र पुरानो पुस्ता बिचसँग एसइईको परिक्षा दिएको पाइएको छ ।
परिक्षामा १२३४ जना मध्ये २८ जना अनुपस्थित
हुम्ला जिल्लाका ६ वटा परिक्षा केन्द्र १ हजार २ सय ३४ जना परिक्षार्थीहरू मध्ये २८ जना अनुपस्थित रहेका छन । बालमन्दिर माध्यमिक विद्यालय परिक्षा केन्द्र २ सय ५६ जना परिक्षार्थी मध्ये २ जना अनुपस्थित रहेको र मानसरोवर माध्यमिक विद्यालय परिक्षा केन्द्रमा १ सय ८० जना परिक्षार्थी मध्ये ५ जना परिक्षार्थीहरू अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाइका सुचना अधिकारी भिमराज कार्कीले जानकारी दिनुभयो ।
हिमज्योती माध्यमिक विद्यालय परिक्षा केन्द्रमा २ सय ५३ जना परिक्षार्थी मध्ये ६ जना परिक्षार्थी अनुपस्थित र सुर्यदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा १ सय ५७ जना परिक्षार्थीहरू मध्ये १ जना अनुपस्थित र मदानदेव माध्ययमिक विद्यालय परिक्षा केन्द्रमा २ सय ४० जना परिक्षार्थी मध्ये २ जना अनुपस्थित र कोट माध्यमिक विद्यालय रोडिकोट परिक्षा केन्द्रमा १ सय ४८ जना परिक्षार्थीहरू मध्ये ४ जना अनुपस्थित रहेको सुचना अधिकारी कार्कीको भनाई छ । जिल्लाका ६ वटै परीक्षा केन्द्रमा शान्तिपूर्ण मर्यादित रूपमा परिक्षार्थीहरूले परिक्षा दिएका छन ।