सिमकोट । २१औं शताब्दीमा पनि दलित समुदाय माथि ठकुरीको दमन कायम नै रहेको छ । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका ४ का ७४ वर्षका पदमविरे लुवारको लाशलाई सार्वजनिकस्थलको बाटोमा लिन खोज्दा रोक लगाइएको हो । सोही गाउँपालिका ४ का ठकुरी समुदायले मृतक लुवारको लाशलाई लिन रोक लगाइएको हो । दलित समुदायको मृत लासलाई सार्वजनिकस्थलको बाटोबाट लिन रोक लगाईएको छ ।
२१ औँ शताब्दीमा पनि सार्वजनिक बाटोबाट लास लिन नदिएको मृतकका छोरा कर्णबिर लुवारले गुनासो पोख्नुभयो । गाउँको सार्वजनिक बाटो हुँदै लास लिन रोेक लगाएपछि खेतबारी हुँदै बुबाको लास मसानघाट पुराउनु परेको लुवारले दुखेसो पोखे ।
गाउँकै बुद्धिजीवी, राजनीति गर्ने व्यक्तिबाट यस्तो दमनमा दलित समुदाय रहेको उनले गुनासो गरेका छन् । वडाका जनप्रतिनिधिहरूबाट अपमानित हुनु परेको मृतकका नाती मुनबहादुर लुवारले गुनासो गरेका थिए ।
वडापालिकाका वडाध्यक्ष पदमबहादुर शाहीलाई टेलिफोन गर्दा उनि सम्पर्कमा आउन चाहेनन । हाल सुर्खेतमा रहेका चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पुरानो रितिथिति अनुसार पुरानै बाटोमा लिने होकी ? गाउँका स्थानीयले भनेका रहेछन भन्दै जानकारी दिए । तर यसलाई कुनै ठूलो रुप लिन आवश्यक नरहेको अध्यक्ष शाहीको भनाई छ ।