सिमकोट । नेपाली सेनाले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा २७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न गरेको छ ।
सेनाले जनहितको कार्यअन्तर्गत शीघ्र प्रभाव आयोजनाद्धारा सो हेलिप्याड निर्माण कार्य पूरा गरेर सञ्चालनमा समेत ल्याएको छ ।
बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काका अनुसार सेनाद्धारा निर्माण गरिएको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा निर्माण गरेको नयाँ हेलिप्याट सञ्चालनमा आएको छ ।
उक्त हेलिप्याडमा सेना कै हेलिकोप्टरबाट परिक्षण उडान समेत सफल रूपमा भरिएको हो छ । वर्षेनी रुपमा सेनाले जिल्लामा जनहितका लागि शिघ्र प्रभाव आयोजनाअन्तर्गत नाम्खा गाउँपालिकामा सो हेलिप्याड निर्माण गरेर सञ्चालनमा आएको छ ।
सेनाले हेलिप्याड निर्माण गरेपछि नाम्खा गाउँपालिकामा हेलिकोप्टरलाई आपतकालीन लगाएतका उडान भर्न सहज भएको छ ।
यसअघि गाउँपालिका केन्द्रमा हेलिप्याड नहुँदा हेलिकोप्टरले उडान भर्नुपर्दा खाली जमिनमा उडान भर्नु र्ने बाध्यता रहेको थियो ।
सेनाको सहयोगमा बनेको हेलिप्याडले अव उडान भर्न सहज भएको हो । हेलिप्याड नाम्खा गाउँपालिका( ४ मा रहेको गाउँपालिका केन्द्रमा निर्माण गरिएको हो । गत चैत २ गतेबाट हेलिप्याडको निर्माण कार्य सुरु गरेर चैत २९ ते सम्पन्न गरेको थियो ।