तस्विरमा सिमकोट गाउँपालिकाको राष्ट्रपति रनिङशिल्ड

नेपालचेक समाचारदाता शनिबार, बैशाख ०२, २०८०

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । हुम्ला जिल्लाबाट संघीय संसद प्रतिनिधि गर्ने सासद छिरिङ डम्डुुल लामाले सिमकोट गाउँपालिकाको उक्त प्रतियोगिता उद्घाटन गरेपछि प्रतियोगिता सुुरु भएको हो ।

तस्विर:दाने बोहरा

गाउँपालिका भित्र रहेका सात वटा माविबीच हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुुरु भएको सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताउनु भयो ।

प्रतियोगितामा गाउँपालिकाको सैपाल, कर्णाली, कैलाश, मानसरोवर नमुना, बालमिन्दर, रलिङ र रामदेब माविले सहभागिता जनाएका छन् । प्रतियोगितामा छात्र तथा छात्राबीच भलिबल, ट्र्याक र फिल्ड गरी तेह्र तेह्र इभेण्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विद्यालयले सबै विधामा सहभागिता जनाएका छन् ।

प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । सासद लामा, जिल्ला समन्वय प्रमुख शिवराज शर्मा, उपाध्यक्ष सुुशिला रोकाया, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई, वडाध्यक्षलगायत सहभागी थियो ।पहिलो दिन मैत्रीपुर्ण भलिबलबाहेक हावाहुरी र पानी परेको कारण कुुनै प्रतियोगिता भने हुन सकेन । यसअघि खार्पुनाथ गाउँपालिकाले सो प्रतियोगिता सम्पन्न गरिसकेको छ। नाम्खामा एउटा मात्र मावि छ भने सर्केगार्ड, चङ्खेली र अदानचुलीले तयारी गरिरहेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]