सिमकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, प्रथम मानसरोवर

नेपालचेक समाचारदाता मंगलबार, बैशाख ०५, २०८०

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकामा भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत वैशाख २ गतेबाट सञ्चालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र कैलाश मावि डाँडाफयाको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र ५ कास्य प्राप्त गरी मानसरोवर मावि प्रथम, ५ स्वर्ण, ११ रजत, ६ कास्य प्राप्त गरी बालमन्दिर मावि दोस्रो र २ स्वर्ण, एक रजत, ३ कास्य प्राप्त गरी रलिङ मावि बरगाउँ तेस्रो भएको आयोजक कैलाश माविका शिक्षक पूर्णबहादुर शाहीले बताए । त्यस्तै छात्रातर्फको भलिबल प्रतियोगितामा मानसरोवर मावि पहिलो, बालमन्दिर मावि दोस्रो र रामदेव मावि तेस्रो भएको छ ।

प्रतियोगिता कैलाश मावि डाँडाफया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिर सिंहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । समापन कार्यक्रममा खेलमा विभिन्न विधामा जित हात पारेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा सिमकोट गाउँपालिकाका सात वटा माविको सहभागिता रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]