विद्यालयको छानो हावाहुरीले उडाउँदा रु पाँच लाख क्षति

नेपालचेक समाचारदाता शुक्रबार, बैशाख ०८, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–४ अन्तरगत चन्द्रप्रकाश माध्यामिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ ।

विद्यालयको तीन कोठे भवनको छानो हावाहुरीले उडाउँदा रु साढे पाँच लाखको क्षति भएको हो । घटनास्थलमा प्रहरी पुुगेर मुचुल्का तयार गरेपछि विद्यालय भवनमा पुुगेको क्षतिको यकिन विवरण आएको हो ।

हावाले विद्यालय भवनको छाना उडाउँदा साँढे पाच लाखको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । बेलुकी हावाहुरी लाग्दा उक्त विद्यालयको जस्तापाताले छाएको छाना उडाउँदा भवनमा क्षति पुुगेको हो ।

हावाहुरीले तीन कोठाको जस्तापाता उडाएर पूर्णरुपमा क्षति पुर्याएको छ । विद्यालयका लागि जस्तापातामाथि जडान गरिएको सोलार प्यानलमा समेत क्षति पुगेको छ ।

विद्यालय हातामै नयाँ निर्माण भइरहेको भवनमा तीन जना कामदार पानी परेका कारण बसिरहेको अवस्थामा हावाले छाना उडाएको थियो । कामदारलाई भने कुनै चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको हो ।

विहिबार दिउँसो हावाहुरी लाग्दा उक्त विद्यालयको जस्तापाताले छाएको छाना उडाउँदा भवनमा क्षति पुुगेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]