सिमकोट । जिल्ला अस्पताल हुम्लामा औषधिको चरम अभाव भएको समाचार सञ्चार माध्यममा सार्वजनीक सहयोग गरिएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लालाई काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो ।
हेल्थ ट्रष्टबाट ३१८ प्रकारको सहयोग स्वरुपमा प्राप्त भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले बताउनुभयो । औषधि ट्रष्टका अध्यक्ष कार्की र व्यवस्थापक रमेश श्रेष्ठको टोली हुम्लामै आएर हस्तान्तरण गरेका हुन् । साढे चार लाख मूल्य बराबरको औषधि सहयोग गरिएको हो ।
अध्यक्ष कार्कीले भन्नुभयो, “आफू काठमाडौँमा रहेको समयमा विकट हिमाली जिल्लाको अस्पतालमा औषधि अभाव भएको समाचार बढेपछि औषधि सहयोग गर्न मन लागेको बताउनुभयो ।”
काठमाडौंका छापाखाना सञ्चालन गर्दै आएका कार्कीले त्यसबाट हुने फाइदाको रुपैयाँबाट दुुर्गमका जिल्लामा औषधि सहयोग गर्ने गरेका बताउनुभयो । सात वर्ष अगाडि दर्ता भएको ट्रष्टले देशका धेरै जिल्लामा औषधि सहयोग गरिसकेको छ ।
औषधि हस्तान्तरण कार्यक्रममा अस्पताललाई अन्य बेला औषधिको समस्या भए औषधिको नाम लिष्टसहित पठाउनसमेत अस्पताललाई आग्रह गर्नुभएको थियो । अब हरेक वर्षको एक पटक औषधि ल्याएर आफू हुम्ला आउनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी पचास जना दीर्घरोगी जो सधैँ औषधि प्रयोग गर्ने तर न्यून आयश्रोत भएको व्यक्तिलाई सधैँका लागि औषधि निःशुल्क उपलब्ध गराउनसमेत तयार रहेको बताइएको छ । ती रोगीको नाम अस्पतालले ट्रष्टलाई उपलब्ध गराउनुु पर्नेछ । कार्यक्रममा पत्रकार महासंघको अध्यक्ष राजन रावतले अस्पताललाई आवश्यक परेको बेला सहयोगी हातबाट औषधि सहयोग मिल्नु सराहनीय कार्य भएको कताउनुभयो । अस्पताल विकास समितिका अध्यष दीपक भण्डारीले ठूलो दिल र मानवीय भावना भएका कारण कार्कीबाट औषधि सहयोग मिलेको बताउनुभयो ।
सहयोगकर्ता ट्रष्टका अध्यक्ष र व्यवस्थापकलाई कदर पत्र प्रदान गरेर खादा ओढाई सम्मान गरिएको थियो । औषधि हस्तान्तरण कार्यक्रममा सरोकावाला पक्षको उपस्थिति थियो ।