अदानचुलीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न,उपाधि सुर्योदयलाई

नेपालचेक समाचारदाता शुक्रबार, बैशाख ०८, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकामा वैशाख ५ गतेबाट सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुर्योदय माध्यामिक विद्यालय १७ स्वर्ण, ५ रजत र २ कास्य सहित प्रथम भएको हो । यस्तै कैलास माध्यामिक विद्यालयले ४ स्वर्ण ११ रजत ६ कास्य प्राप्त गरी द्धितिय, ज्ञानोदय माध्यामिक विद्यालयले ३ स्वर्ण ७ रजत १२ कास्य प्राप्त गरी तृतिय र सल्लाघारी माध्यामिक विद्यालले २ स्वर्ण ३ रजत ७ कास्य सान्तोना भएको हो । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ४ वटा विद्यालयले सहभागीता जनाएका थिए ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत मेघनाथ शाहीको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको प्रमुख आथित्यमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन गरिएको हो । समापन कार्यक्रममा वडा १ देखि ६ सम्मका वडाध्यक्षहरुको सहभागीता रहेको थियो ।

जिल्लाका ७ वटै गाउँपालिकाबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा छनौट भएका खेलाडीले अव बैशाख ११ गतेबाट सर्केगाडमा सुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्डमा भाग लिने भएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]