हिल्साको प्रवेश गेट उद्घाटन गर्न प्रदेशका तीनमन्त्री हुम्ला आउँदै

दाने बोहरा शुक्रबार, साउन ०१, २०७८

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाकामा पहिचान झल्किने गरी निर्माँण सम्पन्न भएको सीमा प्रवेश गेट शनिवार उद्घाटन हुने भएको छ । सिमा प्रवेश गेट उद्घाटनका लागी कर्णाली प्रदेशका तीन जना मन्त्री शनिवार हुम्ला आउने भएका छन् ।

कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा हिल्लामा निर्माण सम्पन्न भए पश्चात मन्त्रीको टोली उद्घाटनका लागी हुम्ला आउने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । सिमा प्रवेश गेट उद्घाटनका लागी कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, भौतिक पूर्वधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापाको उपस्थित रहने भएको छ ।

मानसरोवर कैलाशको मुख्य प्रवेशद्वार रहेको हिल्सा नाकालाई व्यवस्थित गर्ने उद्देश्यले ७५ लाखमा सीमा प्रवेश ढोका निर्माण सम्पन्न भएको हो ।

कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार भएकोले हिल्सा नाकालाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले पाँच लाख डिपिआर र ७० लाख बजेटमा प्रवेशद्वार निर्माण भएको जानकारी प्राप्त भएको छ । हिल्सा सिमा प्रवेश गेट निर्माणका लागी गत जेठ १३ गते सम्झौता भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]