सत्तामा बलियो गठबन्धन बनाउन नेकपा व्युँताउने प्रयास

नेपालचेक समाचारदाता सोमबार, बैशाख ११, २०८०

सिमकोट ।  एमाले र माओवादी मिलेर बनेको नेकपा असफल भए पनि प्रधानमन्त्रीसमेत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव नेपाल नेकपा व्युँताउने प्रयासमा रहेका छन् ।

संसद्मा नेकपा माओवादी र नेकपा एस मिल्दा ४४ सिट हुने जुनसुकै बेला सरकार बनाउन महत्वपूर्ण भूमिका हुने भएकाले नेकपा व्युँताउन खोजिएको हो ।

दुई पार्टीको एकीकरण मात्रै होइन, अहिले रहेका सानाठुला वामपन्थी दलहरुसमेत मिलाउने उनीहरुको प्रयास रहेको छ ।

उनीहरुले सुरुमा समाजवादी केन्द्र बनाउने र त्यसमा बाबुराम भट्टराई समूह र जनता समाजवादी पार्टीलाई पनि मिलाउने उनीहरुको प्रयास रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]