सिमकोट । हुम्लाको सदरमुकाम सदरमुकाममा रहेको सिमकोट गाँउपालिका भित्र रहेका ४ वटा बिद्यालयका बालक्लबका पदाधिकारी तथा विद्यार्थीहरुलाई बाल अधिकार, बाल संरक्षण तथा बाल विवाह न्यूनिकरण सम्बन्धी तालिम सञ्चालन गरेर सम्पन्न भएको छ ।
सिमकोट गाँउपालिका–८ अन्र्तगत बलभद्र आधारभुत बिद्यालय र सैपाल हिमाल माध्यमिक बिद्यालय तथा सोहि पालिकाको–२ ठेहेमा रहेको रामदेब माध्यमिक बिद्यालय र वार्ड–३ अन्र्तगत रलिङ्ग माध्यमिक बिद्यालयका बाल क्लब पदाधिकारी र बिद्यार्थीहरुलाई लक्षित गरि उक्त तालिम सञ्चालन गरिएको थियो ।
२ दिने तालिम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपाल, हुम्लाको आयोजनामा सम्पन्न भएको हो । तालिममा ४ वटा बिद्यालयबाट बाल क्लब पदाधिकारी तथा अन्य बिद्यार्थी सहित १०४ जना बालबालिकाको सहभागी रहेको थियो ।
तालिममा बाल अधिकार भनेको के हो ? बाल अधिकार संरक्षण, बाल अधिकार र कर्तव्य, बाल अधिकार ऐनका साथै बालविवाह न्यूनिकरण, बालविवाह सम्बन्धि कानुनी अड्चन र यसका बेफाइदाका सम्बन्धमा प्रशिक्षण दिइएको थियो ।
सैपाल हिमाल माध्यमिक बिद्यालयका प्रधानाध्यापक देब बहादुर बुढाले भन्नुभयो, “यस्तो खाले तालिमबाट दुर्गम क्षेत्रका बालबालिकाहरुले किताबी ज्ञान भन्दा बाहिरका कुरा जान्ने, बुझ्ने तथा सिक्ने र बाल अधिकार संरक्षणका लागी आवाज उठाउन बालबालिकाहरु स्वयम जागरुक हुन प्रेरित गर्ने छ ।”
बाल अधिकार हनन् तथा बाल विवाह जस्तो बिकराल सामाजिक समस्यामा निहित भएर सञ्चालन भएको प्रशिक्षणमा बालबालिकाहरुको सकृय सहभागीता रहेको थियो । आगामी दिनमा पनि अझ बृहत रुपमा निरन्तरता दिनका लागी बालक्लबबाट आह्वान गरिएको प्रशिक्षक तथा गुड नेवर्स इन्टरनेशनल नेपालका प्रायोजन सेवा तथा बाल संरक्षण सहायक हिमाल पहरीले बताउनुभयो ।
तालिममा सहभागी सम्पूर्ण बालबालिकाहरु द्वारा आफु पनि बाल विवाह नगर्ने र समुदायका अन्य बालबालिकाहरुलाई पनि बालविवाह गर्न नदिने हस्ताक्षर सहित प्रतिबद्घता जनाएका छन् । तालिम पश्चात समुदायमा बालविवाहमा न्यूनिकरण हुने तथा बाल अधिकार हननका घटनाहरुमा कमी आउने अपेक्षा गरिएको छ ।