अदानचुलीको पालिका केन्द्र श्रीनगरमा चोरीका घटना बढे

नेपालचेक समाचारदाता शुक्रबार, बैशाख २२, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको पालिका केन्द्र श्रीनगरमा पछिल्लो समय चोरीका घट्ना दिनप्रतिदिन बढ्दै गएका छन् । पालिका केन्द्र श्रीनगरमा होटल, पसल व्यवसायी बढ्दै जाँदा चोरहरुले मौका छोपी राती चोरी गर्न थालेका छन् । मंगलबार र बुधबार राती लगातार श्रीनगरको मुख्य बजारमा भएका पसलहरुमा चोरीका घटना घटेका हुन् ।

गाउँपालिकाको केन्द्र श्रीनगरको मुख्य बजारमा रहेको हेलेन जनरल स्टोर र गंगा जमुना जनरल स्टोरको ताला फोडेर भएको पैशा, फोनको रिचार्ज कार्ड लगायतका सामान चोरी भएका छन् ।
पसल बन्द गरेर घर गएको मौका पारी चोरले पसलको ताला फोडेर पसल भित्र भएको पैशा, रिचार्ज कार्ड र केही कपडा चोरेर लगेको हेलेन जनरल स्टोरका प्रोप्राइटर तारा चन्दले बताइन् । ‘राती हामी गएको बेला पसलको ताला काटेर सामान चोरेको कुरा बिहान आएर मात्र थाहा भयो’, चन्दले थपिन, ‘यता गाउँपालिका केन्द्र उता प्रहरी चौकीको बीचमा भएको पसल यसरी चोरी हुनु भनेको निकै दुखत पक्ष हो ।’

बिहान पसल खोल्न आएको बेला पसलको ताला तोडेको देखेपछि मात्रै पसल चोरी भएको जानकारी आफूले पाएको बताएकी चन्दले लगत्तै प्रहरीलाई खबर गरेको बताइन् । लगातार बिच बजारमा दुई पसल चोरी भएको घटना थाहा पाउने बित्तिकै आफूले अनसन्धान शुरु गरेको गल्फागाड प्रहरी चौकी श्रीनगरले जनाएको छ ।

पसलमा चोरी भएको दिन वर्षा भएकाले मानिसहरुको चहल पहल कम भएका कारण पनि चोरले मौका छोपेर पसलको ताला तोडेको अनुमान गरेका गल्फागाड प्रहरी चौकीका प्रहरी सायक निरीक्षक कुमार गिरीले आफूले त्यसको खोजिकार्य शुरु गरिसकेको प्रतिक्रिया दिए ।

चोरी भएको पसलको अवस्था हेर्दा पसलमा अन्य सामान नचोरेपनि पसलमा राखिएको पैसा रिचार्ज र केही खानेकुराहरु चोरी भएको बताएका गिरीले यो घटनाले अब रात दिन प्रहरीले गस्ती गर्नु पर्ने पाठ शिकाएको प्रतिक्रिया दिए ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]