गुनासो व्ययवस्थापन समिती र बालबालिकालाई तालिम

नेपालचेक समाचारदाता मंगलबार, बैशाख २६, २०८०

सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यालयमा गुनासो व्यवस्थापन समिती तथा बालक्लबका विद्यार्थीलाई तालिम दिइएको छ । पाँचवटा माध्यामिक विद्यालयका गुनासो व्यवस्थापन समिती र बाल क्लबका पदाधिकारीलाई गुनासो पेटीका व्यवस्थापन सम्बन्धमा अभिमुखिकरण प्रदान गरीएको हो ।

नेपाल सरकारको गुनासो सुनुवाई कार्यबिधी २०७४ अन्र्तगत व्यवस्था भए बमोजिम गुनासो सुनुवाई समिती गठन गर्न पाँचवटा माध्यामिक विद्यालयमा सहजीकरण गरी गुनासो व्यवस्थापन सम्बन्धमा तालिम दिइएको हो ।

समिती गठन तथा अभिमुखिकरण सिमकोट गाँउपालीका–२ ठेहेमा रहेको रामदेब माध्यामिक विद्यालय, वडा ८ स्याडामा रहेको सैपाल हिमाल माध्यामिक विद्यालय, र वडा ३ बरगाउँमा रहेको रलिङ्ग माध्यामिक विद्यालय तथा खार्पुनाथ गाँउपालीका–छिप्राको सीता माध्यामिक विद्यालय र मान्धारा माध्यामिक विद्यालयमा समिती गठन भएको थियो । नव गठित समितीका पदाधिकारी तथा बाल क्लबका सदस्यहरु गरी जम्मा १४७ जनाको सक्रिय सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरणको मुख्य उद्वेश्य विद्यालय हातभित्र, विद्यालय आउदाजादा र समुदायमा हुने वा हुन सक्ने बिभेद, शारिरीक, भावनात्मक तथा यौन दुब्यबहार, शोषण, लैङ्गीक हिंसा शारिरीक र मानसिक द्वन्द सजाय लगायतका जोखिमको निर्धारित संयन्त्र, बिधी र प्रक्रिया अनुरुप न्युनिकरणका साथै विद्यालयको शिक्षण सिकाई एवं भौतिक वातावरणलाइ लैङ्गिक तथा वालमैत्री बनाई शैक्षिक गुर्णस्तर अभिबृद्वि गर्ने गराउने रहेको थियो ।

अभिमुखिकरण कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा गुड नेवर्स इन्टरनेशनल नेपालले सन २०२२ मा गुनासो पेटिका समेत वितरण गरेको थियो । अभिमुखिकरणकै सिलसिलामा सैपाल हिमाल माध्यामिक विद्यालय र मान्धारा माध्यामिक विद्यालयमा गुनासो पेटिका खोल्ने र समस्या समाधान गर्ने कार्य प्रकृयागत रुपमा गरिएको थियो । पेटिका भित्र केही गुनासाहरु सुझाव, सल्लाह शुभकामना तथा अपेक्षा पत्रहरु समेत पाईएको थियो । सहभागी वालवालिकाहरुले आफ्नो गुनासो तथा सुझाव गोप्य रुपमा राख्न पाँउदा समस्याबाट छुटकारा पाउन सहज भएको व्यक्त गरेका थिए ।

वालवालीकाहरुले गर्ने गुनासो तथा सुझावहरुमा निकै ठुलो शक्ति हुने भन्दै मान्धारा माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले “वालवालीका द्वारा गरिने गुनासो सम्बोधन गर्दा विद्यालयको भौतिक संरचनामा समेत परिवर्तन हुन सम्बभ भएको” उदाहरण बताउनुहुन्छ । उक्त अभिमुखिकरण कार्यक्रम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र किर्डाक नेपालको आयोजनामा भएको थियो । गुनासो गर्ने प्रक्रिया तथा समाधानका सम्बन्धमा जानकारी प्राप्त गर्ने अवसर पाउँदा वालवालीकामा हौसला थपिएको र विद्यालय तथा समुदायमा हुने वालअधिकार हनन् तथा संरक्षणका सवालमा घट्ने घटना न्यूनिकरण हुने कुरा गुड नेवर्स इन्टरनेशनल नेपाल जिल्ला कार्यालय हुम्लाका कर्मचारी रत्न बहादुर शाहीले वताउनु भयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]