विष सेवन गरेर युवतीको मृत्यु

नेपालचेक समाचारदाता मंगलबार, बैशाख २६, २०८०

सिमकोट । हुम्लामा विष सेवन गर्दा एक जना युवतीको मृत्यु भएको छ । सिमकोट गाउँपालिका –७ का सोविका शाहीले विष सेवन गर्दा मृत्यु भएको हो ।

आइतबार राती २ बजे विष सेवन गरेककी १८ वर्षिय शाहीलाई सोमबार विहान दश बजे उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको भएपनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

विष सेवन गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनुभयो । विष सेवनको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]