विपतमा परेका ४ घरधुरीलाई रेडक्रस हुम्लाद्धारा सामाग्री सहयोग

नेपालचेक समचारदाता शनिबार, साउन ०२, २०७८

नेपाल रेडक्रस सोशाइटी हुम्लाद्धारा अविरल वर्षाका कारण विपदमा परेका घरपरवारीवारलाई सामाग्री सहयोग गरेको छ ।

जिल्लाका सर्केगाड गाउँपालिका वडा ३ का सुर्य फडेरा, सोही गाउँपालिका वडा १ का सेते बुढा, वडा ७ का कमल कामी र सिमकोट गाउँपालिका वडा ५ का जिक्मेत लामालाई लत्ता कपडा, भाडाकुडा लगायतका सामग्रि सहयोग गरिएको रेडक्रस सोसाईटि हुम्ला शाखाका गोकुल बुढाले जानकारी दिए ।

अविरल वर्षाका कारण चार घरपरिवारलाई गास, बास र कपासको चरम समस्या भएपछि रेडक्रस हुम्लाले उनिहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

संस्थाले प्रति घरधुरीलाई दुई थान कम्वल, एक वटा त्रिपाल, एक सेट भाडा, एक थान घोती सारी, एक थान टेलि कटन, एक थान लुङ्गि, कुर्ता सुरुवालको कपडा एक थान, बाल्टि एक वटा, रसि एक वटा वितरण गरिएको छ ।

त्यस्तै चार घरपरिवारका नागरिकहरु जिल्ला सदरमुकाम सिमकोटमै आएर शुक्रबार सामाग्री बुझि लिएको बुढाले बताउनुभयो ।

त्यस्तै दैवि प्रकोप लगायतका विभिन्न समस्याबाट प्रभावित भएका घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटीले विभिन्न सामाग्री सहयोग गर्दै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]