प्लानका देशिय निर्देशक बालबालिका भेट्न पुगे नरहरीनाथ

Nepal Chek आइतबार, बैशाख ३१, २०८०

डोल्पा । प्लानका देशिय निर्देशक साझेदार संस्था मर्फत सहयोग गरेका बालबालिका भेट्न नरहरीनाथ पुगेका छन् ।

नरहरीनाथ गाउँपालिकामा प्लान इन्टननेसनल संग साझेदारीमा विभिन्न संस्थाले सञ्चालन गरेका परियोजना अनुगमन र प्रत्यक्ष सेवाग्राही भेट्न प्लानका देशिय निर्देशक राम किशन सहित पाँच जनाको टिम गाउँपालिका पुगेको हो ।

अनुगमन टिम लार्इ नरहरीनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, गाउँपालिका कर्मचारी र साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले स्वागत गरेका छन् । स्वागत गर्दै गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले शिक्षा, बालबालिका, किशोर किशोरी, स्वास्थ्य र निती निर्माण संगै अभिभावकमा जनचेतना जोगाउने काममा सहयोग गरेकोमा प्लान लाइ धन्यवाद दिएका छन् ।

सो अवसरमा गाउँपालिका विभिन्न शाखा प्रमुख पदाधिकारी संग निर्देशक किशन र टिमले प्लान संगको साझेदारीमा सञ्चालीत परियोजना बारे छलफल गरेका छन् । निर्देशक किशनले प्लान द्वारा सञ्चालीत विभिन्न ६ वटा साझेदार संस्थाका परियोजना अवस्था बारे समेत छलफल गरेका थिए । भने विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिले अ अफ्ना परियोजनाको उपलब्धि बारे जनकारी दिएका थिए ।

अनुगमन टिमले प्लानको सहयोमा किर्डाकले सञ्चालीत ूकालिकोटका बालबालिकाको पढाई लेखाई सिप सुधार परियोजनाू अर्न्तरगत सिकाइ केन्द्र र बालबालिका, अभिभावकले निमार्ण गरेका पढाई कुना हेर्न घर घरमा पुगेको थियो । पढाइ कुना हेर्न चना महतारको घरमा पुगेका निर्देशक किशनले चना संग कुरा गर्दै उहाँ को जस्तै पढाइ कुना आफ्नो छोरीको लागि बनाइ दिने कुरा समेत गर्नु भएको छ । पढाइ कुना आफुलाइ धेरै मन परेको समेत चना लाइ भन्नु भयो । निर्देशक संग अभिभावक चनाले परियोजना पछि बिद्यालय छिट्टै जाने गरेको र आफुत पढ्न नपाए पनि छोरी लाइ त पढाउने बताइन् ।

अनुगमनका क्रममा किर्डाक संगको साझेदारीमा निर्मित रूपादेवी अधारभुत विद्यालय अइसिटि युक्त कक्षा र नन्दादेवी माध्यामिक बिद्यालयको लैंगिक, अपांग र बालबालिमा मैत्री भवन हेर्न बिद्यालयमा टिम र गाउँपालिका उपाध्यक्ष कमल कुरार शाह पुगेका थिए। अनुगमनका क्रममा निर्देशक किशनले बालबालिका, किशोर किशोरी र शिक्षाको क्षेत्रमा प्लानले बिशेष जोड दिने जनाउनु भयो ।

अनुगमनमा देशिय निर्देशक, क्षेत्रीय प्रबन्धक मिना पराजुली, विजय ज्ञावाली र जनक गिरी सहितको टिम रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]