सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका- २ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । अदानचुली गाउँपालिका- २ निवासी ४० वर्षिय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने कम्रमा बेपत्ता भएका हुन् ।
विहिवार दिउँसो कर्णाली नदीमा माछा मार्न जाल हाल्ने क्रममा कर्णाली नदीमा वगेको प्रतक्ष्यदर्शीलाई उद्विर्त गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताउनुभयो । अदानचुली गाउँपालिका गल्फगाडको रैसेडी खोला नदीमा जाल हाल्नको लागि पौडी खेलेर नदी पार गर्ने क्रममा कर्णाली नदि बिचबाट वेपत्ता भएको प्रहरी चौकी इन्चार्ज गिरीले बताउनुभयो ।
रैसेडी कर्णाली नदीमा विहिवार बेपत्ता भएका बुढाको खोजी कार्यका लागि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही, सुरक्षाकर्मी, स्थानियवासी,कामदार सबैले खोजी कार्य गरीरहेको बताइएको छ ।
कर्णाली नदीमा बेपत्ता भएका बुढा अदानचुली गाउँपालिकाको एम्बुलेन्स चालक हुन् ।
कर्णाली नदीमा बेपत्ता बुढाको १ श्रीमती, २ छोरा र १ छोरीका छन् । वेपत्ता बुढा अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी हुम्लाले बताएको छ ।