१०१९ किसोरीलाई आइरन चक्की खुवाइयो

Nepal Chek मंगलबार, जेठ ०९, २०८०

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले राष्ट्रिय कार्यक्रम अन्तर्गत १० देखि १९ वर्ष सम्मका किसोरीहरुलाई आइरन चक्की तथा फोलिक एसिड खुवाउन थालेको छ ।

एक देखि आठसम्म वडा रहेको सिमकोटले आइतबार र सोमबार दुई दिनमा एक हजार उन्नाइस जना किसोरीलाई आइरन चक्की तथा फोलिक एसिड खुवाएको हो । १० देखि १९ वर्ष सम्मका किसोरीलाई खुवाउने उक्त औषधी ३ वटा केन्द्रबाट खुवाउने कार्य भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताउनुभयो ।

विद्यालयमा रहेका किसोरीहरुलाई विद्यायमा खुवाउने, विद्यालय बाहिर रहेका किसोरीलाई समुदायमा सामुदायीक महिला स्वास्थ्य स्वयम सेविका तथा स्वास्थ्यकर्मी खठाइ समुदायमा खुवाने र समुदायमा नभेटिएका किसोरीहरुलाई स्वास्थ्य संस्थामा सम्पर्क गराइ स्वास्थ्य संस्थामा खुवाउने प्रवन्ध गरीएको शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

१० देखि १९ वर्षका किसोरीलाई आइरन चक्की तथा फोलिक एसिड खुवाएमा रक्त अलपता तथा जन्मजात विकृती हुनबाट जोगाउनु रहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो । सिमकोट गाउँपालिकाका ८ वटै वडामा एकै साथ आइतबारबाट उक्त कार्यक्रम सुरु भएको हो । वडा एकको दोजाम बाहेक अन्य सबै वडामा रहेका किसोरीहरुलाई उक्त औषधि खुवाउने कार्य सम्पन्न भएको जनाइएको छ ।

१३ हप्ता सम्म निरन्तर खुवाउनु पर्ने भएकाले सिमकोट गाउँपालिकाका विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा प्रत्येक आइतबार खुवाउने कार्यक्रम तय भएको छ । सिमकोट पालिका भित्र रहेका सबै सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष सम्मका किसोरीलाई आइरन चक्की तथा फोलिक एसिड खुवाइएको हो । सिमकोट गाउँपालिकामा २१ व्डा सामुदायिक विद्यालय र ४ वटा निजी संस्थागत विद्यालय रहेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]