सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका-२ ठेहे गाउँमा नयाँ घरको जग खन्ने क्रममा माथिबाट आएको जमिन पग्लिदा एक जनाको मृत्युु भएको छ । ठेहे गाउँ निवासी वर्ष ४६ का बखिल बोहराको शुक्रबार तीन बजे मृत्यु भएको हो ।
मृतक बोहरा नयाँ घरको जग खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर घाइते भएको जिल्ला प्रहरी कार्यालय हसम्लाले जानकारी दिएको छ ।
माटोको ढिकोले पुरिए लगतै सोही ठाउँको ठेहे स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको ठेहे स्वस्थ्यचौकीले जनाएको छ । मृतक बोहरा छिमेकीको घरको जग खन्न कामदार गएको क्रममा माटोको ढिस्कोले पुरीदा मृत्यु भएको हो ।
ठेहे गाउँ जिल्लाकै ठुलो घनावस्ति भएपनि गाउँभन्दा माथि सर्दै नयाँ घर बनाउँदै जाने क्रम बढेको छ ।
मृतक बोहराको एक श्रीमती, पाँच छोरी र एक छोरा रहेको छ ।