सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाँमा रहेको कैशाल माध्यामिक विद्यालयका विद्यार्थीलाई आत्महत्या रोकथामका लागि अभिमुखिकरण तालिम दिइएको छ । जिल्ला प्रहरी कार्याललय हुम्लाको “समुदाय–प्रहरी साँझेदारी” अन्तर्गत कैलाश माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का झण्डै ६० जना भन्दा बढी विद्यार्थीलाई आत्महत्या रोकथाम सम्वन्धि सचेतना गराइएको हो ।
आत्महत्याको जोखिम कस्ता व्यक्तिमा हुने गर्दछ र सम्भावित व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा अभिमुखिकरण केन्द्रीत रहेको सोही विद्यालयका प्रधानध्यापक मेज बहादुर बुढाले बताउनुभयो । आत्महत्या रोकथामका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहने भएकाले आत्महत्या रोकथाममा विद्यार्थीले कसरी भूमिका खेल्न सक्छन् भन्ने कुरामा जानकारी गराइएको प्रधानध्यापक बुढाले बताउनुभयो ।
अधिमुखीकरण कार्यक्रममा मानसिक तथा मनोसमाजिक सुस्वास्थ्य, आत्महत्याको कारण, अवस्था रोकथाम तथा समाधानका उपाय र चुनौती सम्वन्धि विद्यार्थीलाई जानकारी गराइएको थियो ।
पछिल्लो समय हुम्लामा आत्महत्या समस्या बढ्दो अवस्थामा रहेको छ । मानसिक तथा मनोसामाजिक समस्या नै आत्महत्याको मूल कारण बन्नुका साथै आत्महत्याका घटना बढ्दै गएको जानकारी गराइएको छ ।
आत्महत्या न्यूनिकरण तथा रोगथामका लागि सरकारी, गैरसरकारी, समाजिक संघसस्था र सुरक्षा निकाय सबैको साथ सहकार्य आवश्यक रहेको कैलाश माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मन्दिर सिंहले बताउनुभयो ।
मानसिक स्वास्थ्य समस्याको उचित उपचारको प्रर्याप्त स्रोत साधन, स्वास्थ्य संस्था र सम्वन्धित स्वास्थ्य कर्मीको अभावले भने आत्महत्या रोकथाम चुनौती देखिएको बताइएको छ । आत्महत्या न्यूनिकरण तथा रोकथामका लागि अभिभावक, समाज र सबैले नै महत्व दिएर सवैसँग सहकार्य गरेर अघि बढुनुपर्ने देखिन्छ ।
यसको लागि आवश्यक निती र कार्यक्रम तर्जुमा, बजेट विनियोजनसँगै जनचेतनाका कार्यक्रमलाई प्रथामिकतामा राख्न आवश्यक रहेको देखिन्छ । मानिसले तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याको बाटो रोज्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय हुम्ला श्रोतको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लालेले शान्ति, सुरक्षा, अपराध नियन्त्रण सँगै जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आत्महत्या रोकथाम कार्यक्रमलाई प्राथामिकता दिएर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।