सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५ मा रहेको शिव मन्दिर परिसरलाई गणतन्त्र दिवसको दिनमा सरसफाई गर्नुका साथै तथा फुलका बोट रोपिएको छ । जिल्लाको कर्णाली कलाकार संस्था हुम्लाले सोमबार विहान गणतन्त्र दिवसको अवसरमा रचानात्मक कार्य गर्ने उद्येश्यले शिव मन्दिर परिसरमा सरसफाई गरिनुका साथै वरीपरी फुलका बोट रोपेर सजावट गरिएको सोही संस्थाका अध्यक्ष नवराज भण्डारीले बताउनुभयो ।
कर्णाली कलाकार संस्था हुम्लामा आवद्ध सम्पुर्ण टिमको सहभागीतामा सोमबार विहान मन्दिर परिसरमा फुल रोप्ने कार्य हुनुका साथै सरसफाई पनि गरिएको हो । सोही संस्थाले वि।भिन्न सांगितीक कार्यक्रम तथा नाटक मात्रै नभएर यस्ता कार्यमा समेत आफुहरु लागि परिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
शिव मन्दिर परिसरमा साठी भन्दा बढी फुलका बोटहरु रोपिएका छन् । मन्दिरलाई सरसफाई र फुल रोपेर सुन्दर सजावट देखाउनका लागि फुल रोपिएको हो । उक्त कार्यक्रममा सोही संस्थाका पूर्व अध्यक्ष मान बहादुर रावत लागायत धर्मराज रोकाया, धना बुढा सहित सम्र्पुण कलाकार टिमको सहभागीता रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।