सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपाकालिका– १ मा भीरबाट लडेर एक जना युवकको मृत्युभएको छ । अदानचुली गाउँपालिका– १ को कल्खे गाउँका २४ वर्षीय युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुुख फर्कने क्रममा भीरबाट लडेर मृत्युु भएको हो ।
आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कने क्रममा लौठारुख भीरबाट लडेर मृत्युु भएको श्रीनगर प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक कृष्ण बहादुर बुढालेब बताउनुभयो ।
उनी लौठारुखबाट लडेर कर्णाली करिडोरको सडकमा पुुगेका थिए । कल्खेबाट फर्केको ब्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्य आत्तिएका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृत अवस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताउनुभयो ।
दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो । दानी सो कार्यक्रम हेर्न दोमुखबाट कल्खे गाउँ गएका थिए । लडेर मृत्युु भएको खबर पाउने बित्तिकै गल्फागाड प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुुगेको थियो ।
मृतक दानीको सोमबारै अन्तिम दाहसंस्कार गरिएको छ । मृतक दानीका श्रीमती र एक छोरा छन् ।