सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा माथिबाट ढुङ्गा खस्दा एक जना बालकको मृत्युभएको छ भने एक जना बालक घाइते भएका छन् । वडा नम्बर ८ राहदेव गाउँका दश वर्षका भुपेन्द्र रोकायाको शनिवार अपरान्ह ४ बजेर ४५ मिनेटमा बाख्रा चराउन गएको समयमा वनमा माथिबाट खसेको ढुङ्गा लाग्दा घट्ना स्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो । घर फिर्ता हुने समयमा गाउँ नजिकैकको वनमा माथिबाट खसेको ढुङ्गा लागेर घट्ना स्थलमै मृत्युभएको बुवा विर्ष रोकायाले बताउनुभयो ।
यस्तै सोही स्थानमा ढुङ्गा खस्दा ११ वर्षका खनिल ऐडीको दाहिने हात समेत भाँचिएको सर्केदेउ प्रहरीलाई उद्र्धित गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनुभयो । घाइते बालकको स्थानीय स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको जनाइएको छ ।