नाम्खामा १३ कुकुरको बन्ध्याकरण

Nepal Chek बिहिबार, जेठ ३२, २०८०

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले छाडा रुपमा छोडिएका १३ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।

छाडा रुपमा छोडिएका कुकुरहरुबाट अन्य थुप्रै कुकुर पैदा हुने र त्यसले मानिस तथा पशुमा रेबिज रोग लाग्न सक्ने भएकाले गाउँपालिकाको पशु शाखाले छाडा रुपमा छोडिएका १३ वटा कुकुरहरुको बन्ध्याकरण गरिएको गाउँपालिकाको पशु शाखामा कार्यरत जानकी बुढाले जानकारी बताउनुभयो । गाउँपालिकाको पशु स्वास्थ्य शाखाबाट खटिएको टोलीले घरपालुवा र छाडा छोडिएका ३१ वटा कुकुरलाई निःशुल्क रेबिज रोगको खोप लगाइएको छ ।

वार्षिक कार्यक्रम अनुशार पालिकाको केन्द्र र आसपासका गाउँहरुमा भेटिएका कुकुरहरुलाई रेबिज रोग विरुद्धको खोप र बन्ध्याकरण गर्ने काम भएको बुढाले बताउनुभयो । गाउँमा पाल्दै आएका कुुकुरको बन्ध्याकरण र उपचार गर्न थालिएको छ । रेबिज रोग नियन्त्रण गर्न कुुकुुरको उपचार तथा बन्ध्याकरण गरिएको हो ।

गाउँपालिकाभित्र रहेका कुुकुुरको पहिलो पटक अभियानका रूपमा बन्ध्याकरण र उपचार गर्न थालिएको छ । शाखाले कुकुरमा रेबिज रोग भएको आशंका गरेपछि उपचार कार्य अगाडि बढाएको हो । गाउँपालिका केन्द्र याल्वाङबाट उपचार सुरु गरिएको अभियान कुुकुुरको उपचार सबै वडास्तरमा गरिने भएको छ ।

यसअघि यसरी रेबिज रोगविरुद्ध कुकुरलाई उपचार गर्ने कार्य गरिएको थिएन । गाउँपालिकाभरि सयभन्दा बढी कुकुर भएको अनुमान शाखाले गरेको छ र ती सबै कुकुुरलाई उपचार गरिनेछ ।

 

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]