सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा स्थापनाकाल देखि एघार वर्षसम्म भाडाको घरबाट सुरु गर्दै आएको रेडियो कर्णाली आवाजले बाह्रौं वर्षको वार्षिकोत्सबमा आफ्नै भवनबाट प्रशारण सुरु गरेको छ ।
आफ्नो बाह्रौ वार्षिक उत्सवको अवसर पारी रेडियोले आफ्नो भवनको नयाँ स्टुडियोबाट प्रसारण सुुरु गरेको हो । ०६९ साल असार १ गतेबाट रेडियो कर्णाली आवाजले आफ्नो प्रसारण सुुरु गरेको थियो ।
एघार वर्षसम्म भाडाको घरबाट आफ्नो सेवा प्रवाह गर्दै आएको रेडियोले यसै वर्षबाट आफ्नै भवन निर्माणसम्पन्न गरेर नयाँ स्टुुडियो तयार पारी प्रसारण सुुरु गरेको हो ।
असार १ गते रेडियोको स्थापनाको दिन पारेर आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको हो । यसै अवसरमा रेडियो कर्णाली आवाजले शुुभकामना आदानप्रदान कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुुर लामाले सञ्चार क्षेत्रमा रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए ।
मोबाइल नेट वर्क सहज भएको हिमाली जिल्ला हुम्लामा रेडियोको प्रभावकारी धेरै रहेको र अब रेडियोले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय सामग्री प्रसारण गर्न उनले आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले दुुर्गममा रेडियो एक मात्र सञ्चारको माध्यम भएको बताउँदै यसलाई समयानुकूल बनाउनुुपर्नेमा जोड दिए ।
जिल्लामा कर्मचारी र सञ्चारकर्मीबीच सुमधुुर सम्बन्ध भएको र सधँै हुनुपर्ने भन्दै आफू एउटा प्रशासक भएको नाताले सञ्चारकर्मी र माध्यमलाई सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा कांग्रेस उपसभापति वसन्त रोकायाले रेडियो निष्पक्ष र स्वतन्त्र हुनुपर्ने र जिल्लाका विकृति र विसंगतिका साथै लुुकेर रहेको सम्पदालाई बाहिर ल्याउने माध्यम बन्नुुपर्ने बताए। कार्यक्रममा एमाले उपाध्यक्ष डवल रावतले सञ्चार माध्यमले सशक्त र प्रभावकारी रुपमा सेवा प्रवाहमा ध्यान दिनुुपर्ने बताए ।
नेकपा माओवादीका सचिव धर्मराज बोहराले सञ्चार माध्यमले निष्पक्ष काम गर्न सके जिल्लाको विकासमा टेवा पुुग्ने बताए । राप्रपा अध्यक्ष विकास महतले भ्रष्टाचारसम्बन्धी सञ्चारकर्मीलाई समाचार लेखेकै भरमा धम्की आए आफ्नो पार्टीले प्रतिवाद गर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजन रावतले सञ्चार माध्यमले आफ्नो धर्म निर्वाह गरेर काम गर्नुपर्ने बताए। रेडियो सञ्चालक समितिका सदस्य अमरबहादुुर शाहीको अध्यक्षताका सञ्चालन भएको कार्यक्रम रेडियोका स्टेसन म्यानेजर नवराज महताराले ११ वर्षमा गरेका महत्वपूर्ण कामको अडियो रिपोर्ट प्रस्तुुत गरेका थिए ।
रेडियोमा काम गर्ने र सहयोग गर्ने सञ्चारकर्मी र सरकारी तथा गैससका कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो । रेडियोको घर निर्माण गर्ने निर्माण व्यवसायी कुल रावतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।