अध्यक्ष भण्डारीद्धारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालय भवन उद्घाटन

दाने बोहरा शुक्रबार, आषाढ ०१, २०८०

सिमकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ७ डाडाफयामा रहेको कैलाश माध्यामिक विद्यालयको चार कोठे भवनको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) का साथै उपाध्यक्ष सुशिला रोकायाले उद्घाटन गर्नुभएको छ ।

आर्थिक वर्ष २०८९÷०८० को सोही कार्यक्रम अन्तरगतको रु ५५ लाख रकमको बजेटमा चार कोठे भवन निर्माण सम्पन्न भएर असार एक गते शुक्रबार उद्घाटन गरिएको हो । विभित केही समस्याका कारण भवनको ढिलासुस्ती उद्घाटन भएको हो ।

सोही विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष मन्दिर सिंहको अध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आथित्यमा र उपाध्यक्ष सुशिला रोकायाको विषेश आथित्यका साथै पूर्व जिल्ला विकास समितीका सभापति विरजंङ शाहीको आथित्यमा विद्यालय भवनको उद्घाटन गरिएको सोही विद्यालयका प्रधानध्यापनक मेज बहादुर बुढाले बताउनुभयो ।

विद्यालय भवन उद्घाटन कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लगायत विभिन्न व्यक्तिका साथै विद्यालय व्यवस्थापन समितीका अन्य पदाधिकारी, अभिभावक संधका अध्यक्ष, लगायतका विद्यार्थी, शिक्षकका साथै स्थानीयको सहभागीता रहेको बताइएको छ ।

शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र अन्तर्गत बिद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छनोट भएका विद्यालयलाई भवनको डिजाईन ड्रईङ अनुसारको भवन बनाउने कार्यक्रम कार्यन्वयन गर्न निर्देशन दिएको छ ।

देशभरका सबै स्थानिय तह र बिद्यालयहरुको नाममा पत्र लेख्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कृयाकलापहरु उल्लेख भए अनुरुप कार्यन्वयन गर्न यस अघि नै निर्देशन दिएको थियो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]