आन्दोलीत महिला माथि प्रहरीको हस्तक्षेप (तस्विर हेर्नुहोस् )

नेपालचेक समचारदाता आइतबार, साउन ०३, २०७८

सिमकोट । खानीपानीको मुहानका विषयमा आन्दोलित सिमकोट–८ स्याँडाका महिलाहरु माथि जिल्ला प्रशासन कार्यालयमा प्रहरीले हातपात गरेको छ ।

आप्mनो क्षेत्रमा भएको पानीका मुहानलाई सिमकोट–७ धारापोरीमा ल्याउन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा आन्दोलन गर्न आएका महिलाहरु माथि सुरक्षामा खटिएका सुरक्षाकर्मीले हातपात गरेको आन्दोलित महिलाहरु मध्येकी जुना बुढाले बताए ।

‘धारापोरिका लागि भनिएको खानेपानी हाम्रो सामुदायिक वन क्षेत्रबाट नियम विपरीत लिन खोज्दा हामी गाउँका आमा समुहले बिरोध गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यनाकर्षण गराउन आएका थियौं’ उनले भनिन् ‘हामी सबै मिलेर जिल्ला आफुहरुलाई प्रशासनको गेटमै जान नदिएर प्रवेशमा रोक लगाउनुका साथै प्रहरीले हातपात ग¥यो ।’

आप्mनो सहमती बेगर जिल्ला प्रशासन कार्यालयममा असार १७ गते सिमकोट–७ र ८ का वडाअध्यक्ष बीचको खानेपानी मुहानका विषयमा भएको सहमती आफूलाई थाहै नदिएकाले प्रशासन कार्यालयमार्फत उक्त काम अघि बढाउन नदिन भन्दै आफूहरु सिमकोट पुगेको आमा समुहका सदस्य झला बुढाले जानकारी दिइन ।

आफुहरुले पूर्खा देखि भोगचलन गर्दै आएको जग्गा माथि वडा ७ धारापोरी गाउँका नागरीकले हकदावी गर्न खोजेको भन्दै आफुहरु आन्दोलनमा आएको उनले बताएकी बुढाले प्रशासनको गेटमा नपुग्दै प्रहरीले अन्धाधुन्द रुपमा आफूहरुलाई धरपकट गरेको बताइन् । तर स्याँडाका महिलाहरुले आफूमाथि प्रहरीले हातपात गरेको भन्ने भनाई प्रति स्थानीय प्रशासनले अश्विकार गरेको छ । दुवै वडाका अध्यक्षसहितको बैठकले मिलाएको विवादका विषयमा आफूलाई थाहा नभएके भन्दै आएका महिलाहरुमाथि हातपात भएको भन्ने खबर नपाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । ठूलो हुलमा आएका महिलाहरुलाई शान्त बनाउन प्रहरी खटिएको उल्लेख गरेका प्रजिअ आचार्यले अवस्था सामान्य बनाउन प्रहरी परिचालित भएपनि हातपात गनरेको दावी गरे ।

भोट दिएर सरकारमा सहभागी गराएका गाउँघरका स्थानीय सरकारले भोटको मुल्याकनका साथै सहि सदुपयोग नगरेर बेवास्ता गर्नुका साथै आफूहरुले भोगचलन गर्दै आएको जमिनलाई मास्न खोजेर हकदावी गर्न खोजेका कारण आन्दोलनमा आएको स्थानीय जेटकला बुढाले बताइन् ।

धारापोरी गाउँका नागरीकले तीन वर्ष देखि उक्त क्षेत्रको पानी प्रयोग गर्दै आएको बताएपनि वडा ८ स्याँडा गाउँका नागरीकहरुले पुस्तौ देखि आफुहरुले भोचलन गर्दै आएको खानेपानीलाई विना जानकारीका साथै दुई गाउँको सहमति विनै प्रयोग गरेका कारण आफुहरु आन्दोलनमा आएको स्थानीयले बुढाले बताइन् ।

आन्दोलन तथा धर्नाको लागी जिल्ला प्रशासनको गेट अगाडीको परिसरमा जाने वित्तीकै आन्दोलन गर्ने क्रममा प्रहरीले आफुहरु रोक्नुका साथै केही पुरुष सहित आफुहरु माथि हातपात गरेको आन्दोलीत महिलाहरुले गुनासो गरेका छन् ।

बनउ¥या काल्च्या सामुदायिक वनको खोलाबाट आउने खानेपानीको विषयमा लामो समय देखि धारापोरी र स्याँडा गाउँ विच लामो समयदेखि विवाद हुँदै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]