एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर इन्टीच्युटद्धारा बजार सरसफाई

Nepal Chek शनिबार, आषाढ ०२, २०८०

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम केन्द्रले सिमकोट वजारमा सरसफाइ गरेको छ ।

शनिबारको अवसरमा उक्त सरसफाइ एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम केन्द्रको आयोजनामा माथिल्लो गाउँको मुङ्ग्रा धारा देखि बजार हुँदै तल्लो बजार धुपी रुख सम्म सरसफाइ गरिएको हो ।

सिमकोट गाउँपालिका– ३ का वडा अध्यक्ष पामा लामा, ४ का वडा अध्यक्ष प्रताव लामा, ६ का नन्दबहादुर रावतको नेतृत्वमा केन्द्रमा कम्प्यूटर तालिम लिइरहेका प्रशिक्षार्थीहरुको सहभागितामा सिमकोट बजारको सरसफाई गरिएको तालिम केन्द्रका निर्देशक छवाङ लामाले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा सिमकोट गाउँपालिकाका सूचना अधिकृत छिरिङ लामा, जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको बताइएको छ ।

केन्द्रका सञ्चालक समेत रहेका लामाका अनुसार सरसफाईमा स्वास्थ्य सेवा कार्यालय हुम्ला र सिमकोट गाउँपालिकाले हातमा लगाउने पञ्जा र माक्स सहयोग गरेको थियो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]