सिमकोट । दुुर्गमको एक गाउँपालिकाले गाउँपालिकाभित्रका सबै खाले दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका र सधँै औषधि प्रयोग गरिरहनुुपर्ने दीर्घरोगका बिरामीलाई खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको हो ।
खार्पुनाथ गाउँपालिका–३ की जुनकला बुढाले दम रोगबाट पीडित हुँदै आएको र यसको नियमित औषधि सेवन गर्नुपरिरहेकोमा गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क रुपमा त्यसको औषधिको व्यवस्था गरिएको बताइन् । यो व्यवस्था गर्न शाखाले सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरेर दीर्घरोगी बिरामीको विवरण लिएको थियो ।
यसअघि उनले ऋण सापट गरेर औषधि प्रयोग गर्नुपरि रहेकामा अब भने उक्त औषधि सधैँका लागि निःशुल्क पाउने प्रतिबद्धता पाएकोमा खुसी ब्यक्त गरिन् ।
शाखाको यो प्रयासले उनले अब औषधोपचारका लागि आफूले खर्च गर्नुपर्ने छैन । शाखाका प्रमुख बलिराज शाहीले गाउँपालिकाले दीर्घरोगीको औषधि प्रयोगका लागि खर्च गर्न सक्ने आर्थिक अवस्था बुझेर निःशुल्क उपलब्ध गराउने निष्कर्षमा पुुगेर वितरण गर्नुुपरेको बताए ।
आर्थिकका कारण औषधि गर्न नपाएर कुनै पनि बिरामीले मृत्युुको मुखमा जानुुपर्ने अवस्था नआओस् भनेरै यो व्यवस्था गरिएको हो ।
गाउँपालिकाका पाँच वटै वडामा हाल ७३ जना विभिन्न दीर्घरोगका बिरामी रहेको र उनीहरू सबैलाई वर्ष दिनभरि पुुग्ने औषधि गाउँपालिकाले गरिरहेको छ । यसरी निःशुल्क औषधि पाउने दीर्घरोगी बिरामी मुटु रोगी, मिर्गौला, मधुुमेह, उच्च रक्तचाप, दम, बाथलगायत सातभन्दा बढी रोगबाट ग्रसित हुँदै आएका छन् ।
बिरामीलाई एक पटकमा तीन महिनाका लागि पुुग्ने औषधि दिने गरिएको छ । स्वास्थ्य शाखाले स्वास्थ्य संस्थासम्म आउन नसक्ने यस्ता बिरामीलाई घरघरमै पुुगेर औषधि उपलब्ध गराउने ब्यवस्थासमेत गरेको छ । यी बिरामीलाई औषधि उपलब्ध गराउन शाखाले बार्षिक साढे दुुई देखि तीन लाख रुपैयाँ खर्च हुने अनुुमान गरेको छ ।
गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलले निर्वाचनका बेला बिरामीलाई औषधिको उचित व्यवस्था गरिने प्रतिबद्धताअनुुसार दीर्घरोगीलाई औषधिको व्यवस्था गरिएको बताए । निःशुल्क औषधि पाउने बिरामी अधिकांश ज्येष्ठ नागरिकसमेत छन् ।