सिमकोट गाउँपालिकाले असार ९ र १० गते सेवा बन्द गर्ने

Nepal Chek शनिबार, आषाढ ०९, २०८०

सिमकोट । सिमकोट गाउँपालिकाले असार ९ र १० गाउँपालिकाबाट प्रवाह हुने सेवा बन्द गर्ने भएको छ। कार्यालयका कर्मचारी सबै गाउँसभाको काममा खटिने जनाउँदै सिमकोटले दुई दिन सेवा बन्द हुने जनाएको हो ।

गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत हुने र कार्यालयका कर्मचारी त्यसको तयारीका लागि खटिने भएकाले कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द रहने जनाएको हो ।

सेवाग्राहीलाई सम्पादन हुने सेवा प्रदान गर्न नसकिने भनेर गाउँपालिकाले सूचना जारी गरेको छ । असारको बेला महत्वपूर्ण काम हुने भएकाले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति गाउँपालिकाले क्षमा मागेको छ। ९ गते शनिवार पर्नेछ भने १० गते आइतबार परेको छ । यस पटक उक्त गाउँपालिका सभा दुई दिन गर्ने तयारी गरेको छ ।

असार ९ गते सभाका सदस्यसहित अन्य सरोकारवाला पक्षको उपस्थितिमा नीति तथा कार्यक्रम सभामा प्रस्तुत हुनेछ भने दोस्रो दिन सभाका सदस्यहरुको सहभागीता नीति तथा कार्यक्रममाथि छलफल गरिनेछ । आगामी वर्षको नीति तथा कार्यक्रमको अन्तिम तयारी गाउँपालिकाले गरिरहेको जनाएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]