विद्यालयका लागि जग्गा सहयोग

Nepal Chek आइतबार, आषाढ १०, २०८०

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एकजना स्थानीयले आफ्नो व्यक्तिगत जग्गा सहयोग गरेका छन् ।

वडा–८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताउनुभयो । जग्गादाता बूढाले विद्यालयलाई चार सय वर्गमिटर जग्गा सहयोग गरेका हुन् ।

विद्यालयको नाममा खाली जग्गा नभएकाले आवश्यक भौतिक संरचना निर्माणमा कठिनाइ भइरहेका बेला बूढाले जग्गा सहयोग गरेर विद्यालय परिवारलाई ठूलो गुन लगाएको वडाध्यक्ष बुढाले बताउनुभयो ।

बालविकासदेखि कक्षा दशसम्म अध्ययन हुने विद्यालयमा ३७५ जना विद्यार्थी अध्ययन गर्छन् । विद्यार्थी बढी र कक्षा कोठा कम भएपनि विद्यालयको नाममा जग्गा नभएकाले भवन निर्माण गर्न नसकिरहेका बेला गाउँकै जग्गादाताबाट सहयोग मिलेपछि भौतिक संरचना निर्माणको बाटो खुलेको हो ।

यसरी सहयोगी हातको सहयोगबाट यसअघि पनि जग्गा प्राप्त भएर विद्यालयले आफ्नो भवन निर्माण गर्दै आएको थियो । एक कार्यक्रम आयोजना गरी बुढाले भोगचलन गर्दै आएको विद्यालय नजिकको चार सय वर्गमिटर जग्गा विद्यालयलाई विद्यालय व्यवस्थापन समितिको बैठकमा लालपुुर्जा हस्तान्तरण गरेका हुन् ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]