सिमकोट । जिल्लाको ताँजकोट गाउँपालिकाले एक वडा एक पार्क, एक वडा एक व्यायामशालाका कार्यक्रमलाई प्राथमिकता दिने गरी आगामी आर्थिक वर्ष ०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षदेखि गाउँपालिकाका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने, अवासिय विद्यालय सञ्चालन गर्ने जस्ता कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए ।
गाउँपालका विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्ने, स्थानीय आर्य आर्जनसँग सम्बन्धि पाठ्यक्रम लागु गर्ने नीति ताँज्कोटले अघि सारेको छ ।
२२ पृष्ठ लामो नीति तथा कार्यक्रम पालिका अध्यक्ष जैशीले गाउँसभा समक्ष पेश गरेपछि गाउँसभाको बैठकले सर्वसम्मतले पारित गरेको पालिकाका निमित्त पैमूख प्रशासकीय अधिकृत राजेन्द्र स्यांकुले जानकारी दिए ।