खार्पुनाथ गाउँपालिकाको ३८ करोड बजेट सभाबाट पारित

Nepal Chek आइतबार, आषाढ १०, २०८०

सिमकोट ।  खार्पुनाथले आगामी वर्षका लागि सभाबाट बजेट पारितसमेत गरेको छ । एक दिन सञ्चालन भएको सभाले आगामी वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको हो ।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत आगामी वर्षको बजेट ३८ करोड ६९ लाख ७५ हजार १४५ रुपैयाँको रहेको बताए । बजेट चालु र पुँजीगत गरी हो। आन्तरिक स्रोत न्यून रहेका कारण बजेटको अधिकांश हिस्सा, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सहयोगलाई आधार मानेर बजेट तर्जुमा गरिएको छ ।

बजेट तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । अहिलेका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालभित्र गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जाल जोड्ने गरी बजेटको व्यवस्था गरिएको छ ।

हाल वटा नम्बर ५ सडक सञ्जालसँग जोडिएको छ भने ४ नम्बरमा सडक निर्माण भए पनि कर्णाली नदीमा पुलको व्यवस्था नभएका कारण निर्मित सडकमा यातायातका साधन सञ्चालनमा आएका छैनन् ।

त्यसैगरी १ नम्बर वडामा सडक निर्माण भइरहेको छ । अब २ र ३ मा सडक निर्माणका लागि आगामी वर्षको कार्यक्रममा बजेटको व्यवस्था गरिएको छ ।

त्यसैगरी आयआर्जन तथा सीप विकास कार्यक्रम सञ्चालन गरेर बेरोजगारी समस्या समाधान गर्ने गरी बजेटले कार्यक्रम समेटेको छ । सभाबाट आर्थिक ऐन २०८० पनि पारिद भएको छ । उपाध्यक्ष सिंहले प्रस्तुत गरेको बजेटमा छलफल भइरहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]