सिमकोट । हुम्लाको जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ६७ लाख ६ बजेट ल्याएको छ । सातौँ गाउँसभा तथा बजेट अधिवेशनको दोस्रो दिन गाउँपालिका उपाध्यक्ष सुशिला रोकाय भामले उक्त बजेट सभामा पेश गरेपछि सभाबाट पारित समेत भएको छ गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।
गाउँसभामा आगामी वर्षको लागि ४९ करो ६७ लाख ६ हजारको बजेट पेश भई पारित भएको गाउँपालिका उपाध्यक्ष रोकायाले बताउनुभयो । प्रस्तुत बजेटमा आयतर्फ आन्तिरिक आयतर्फ ८० लाख, राजस्व बाँडफाँडतर्फ आठ करोड ७३ लाख ९० हजार, संघीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण ३३ करोड, प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण ६ करोड १६ लाख र जिआईजेटबाट ७५ लाख रहेको छ भने व्ययतर्फ चाल’ खर्चतर्फ ३३ करोड ५१ लाख ९८ हजार ( ६७. ४८ प्रतिशत) र पुँजीगततर्फ १६ करोड १५ लाख आठ हजार ( ३२.५३ प्रतिशत ) रुपैयाँ छ ।