ठेहे गाउँमा रहेका आयोजनाहरुको अनुगमन

बेलुमाया महतारा बिहिबार, आषाढ १४, २०८०

सिमकोट । हुम्लाको सदरमुकामा रहेको सिमकोट गाउँपालिका–१ दोजाम र २ ठेहे गाउँमा रहेका आयोजनाहरुको अन्तिम अनुगमन गरिएको छ । जिल्ला समन्वय समितीका कार्यबाह अध्यक्ष सरीता रावतको नेतृत्वमा ठेहे गाउँमा रहेका १० विभिन्न आयोजनाहरुको अनुगमन गरिएको हो । कार्यबाह अध्यक्ष रावतको नेतृत्वमा गएको अनुगमन टोलीले चालु आर्थिक वर्षमा गाउँपालिकाद्धारा सम्पादित आयोजनाहरुको अनुगमन गरिएको हो । अनुगमन टोलीले संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाकै लगानीमा सञ्चालित आयोजना अनुगमन गरेको हो ।

अनुगमन टोलीले विद्यालय भवन, पहिरो नियन्त्रण (तटबन्धन), सिचाई, धारा र ग्रिनहाउस लगायत गरी दशवटा आयोजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताउनुभयो ।

यस्तै पहिरो नियन्त्रण तथा (तटबन्धन) का लागि रु तीस लाख, ग्याग्ररुमा रहेका १५ वटा खानेपानीका धारा रु बिस लाख, मुख्यमन्त्री रोजगार अन्तरगत कुम्लिक सिचाई रु बिस लाख, ठुला मेला घेरबार रु बिस, र सामाजिक विकास कार्यालय अन्तरगत रहेको रामदेब विद्यालय चार कोठे भवनको रु चालिस लाख लागत लगायतका आयोजनाहरुको अनुगमन गरिएको उपाध्यक्ष रोकायाले बताउनुभयो ।

अनुगमन टोलीमा समन्वय कार्यवाहक अध्यक्ष रावत, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, वडा दुईका वडाध्यक्ष देवजङ बोहरा, सातजना प्राविधिक सहित सञ्चारकर्मीहरुको समेत सहभागीता रहेको थियो ।

यस्तै गाउँपालिका अध्यक्ष विजय भण्डारीको नेतृत्वको टोलीले वडा नम्बर तीनमा रहेका आयोजनाहरुको अनुगमन भएको जानकारी प्राप्त भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]