तीन दिनदेखि प्रसव व्यथाले थलिएकी मल्लको उद्वार

बेलुमाया महतारा आइतबार, आषाढ ३१, २०८०

सिमकोट । हिमाली जिल्ला हुम्लाबाट तीन दिन देखि प्रसव व्यथा लागेर थलिएकी एक महिलाको उद्वार गरिएको छ ।

जिल्लाको ताँजाकोट गाउँपालिका ३ की १९ वर्षीया मनपुरा मल्ल हमाललाई ३ दिन देखी सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।

मल्ललाई व्यथा लागेको दिन देखि स्थानीय मैला स्वास्थ्य चौकीमा उपचार गर्दा सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको स्वास्थ्य शााख प्रमुख धनराज ढकालले जानकारी दिनुभयो । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत कालागाउँ लगिएको हो । सुत्केरी व्यथा लागेको तीन दिनसम्म पनि सुत्केरी हुन नसकेका कारणले सुर्खेत रिफर गरिएको जिल्ला अपस्ताल हुम्लाका सिनिएर अनमि सरिता बोहोराले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने सरकारको व्यवस्था अनुसार उद्धार गरिएको हो । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधि अनुसार हवाई उद्धार भइरहेको छ ।

कार्यविधिमा धेरै दिन प्रसव व्यथा लागेको, बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मुत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात् अत्याधिक रक्तस्राव भएको, रक्तअल्पता भएको, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीलाई हवाई उद्धार गर्ने गरिएको छ । हमालको उद्धारका लागि ताजाँकोट गाउँपालिका स्वास्थ्य शाखा,जिल्ला अस्पताल हुम्ला र जिल्ला प्रशासन कार्यालयले पहल गरेको हो । आज उद्धार गरिएकी हमालको स्वास्थ्य अबस्था अहिले भने सामान्य रहेको बताइएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]