काठको पुलमै जीप गुडेपछि………..

जयराज सन्ज्याल बिहिबार, आषाढ १७, २०७८

हुम्ला जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड खोलामा काठको पुल लगाएर गाडि पास गराएका छन् ।

सडक सञ्चालन भएको लामो समय सम्म पनि स्थानीय,प्रदेश र संघ सरकारलाई आग्रह गर्दा पनि पुल नबनाए पछि ब्यक्तिगत लगानिमा करिब २२ मिटर लामो साढे ३ मिटर चौडा काठको पुल बनाएर गाडि आज पास गराएको मेल्छामका छबिलाल बुढाले बताए ।

उनले भने “सडक सञ्चालन भएको करिब २ वर्ष जति भयो सडक सञ्चालनमा आए पनि पुल नभएर खोलाबाटै जिप सञ्चालन गरी रहेको थिए मैले गाउँपालिकालाई पनि धेरै पटक आग्रह गरे तर पनि पुल नबनाउँदा आफुलाई निकै समस्या भए पछि मैले आफ्नै ब्यक्तिगत लगानिमा पुल बनाए” ।

चंखेली गाउँपालिकाको सलीसल्ला देखी सर्केगाड खोला हुँदै दुल्ली कुना सम्म सडक काटिएको छ त्यो भन्दा माथि जेसीबी मार्फत सडक खनीरहेको छ । सलीसल्लाबाट सर्केगाड गाउापालिका ४ मा रहेको सर्केगाड खोला सम्म उक्त जिप मार्फत सामाग्री ढुवानी गर्दथे भने त्यहाँबाट सर्केगाड बजार सम्म मानिस लगायर सामाग्रीहरु बोकाउनु पर्ने बाध्यता टरेको बताए ।

एक हप्ता भन्दा धेरै समय लगाएर ठुल्ठुला काठ र ग्याबिन लगाएर कोठको पुल बनाएको बताएका छन् उनले भने करिब ७ लाख भन्दा धेरै खर्च भएको छ आज मात्र गाडि पास गरेको छु सबै हिसाब जोडी सकेको छैन मैले गाउँपालिकालाई यस अघि पनि पुल निमार्णको लागि कागजात पेष गरेको थिए कुनै पनि सुनुवाई नभएको बताए ।

छबिलाल बुढाले करिब २ वर्ष अघि ब्यबषायको लागि बोलेरो जिप खरीद गरी सञ्चालनमा ल्याएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]