मानसारोवर बहुमुखि क्याम्पस सिमकोटमा अवदेखि नियमित पठनपाठन सन्चालन हुने ।

बेलुमाया महतारा शुक्रबार, साउन ०५, २०८०

सिमकोट । जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोबर बहुमुखी क्याम्पसमा अवदेखि नियमित रुपमा पठनपाठन सञ्चालन हुने भएको छ । उक्त पठनपाठन कार्य आगमी साउन ७ गते आईबारबाट सुरु हुने भएको क्याम्पस प्रमुख दिपक भण्डारीले बताउनुभयो ।

विगत तीन वषदेखि विश्वभरि कोरोना भाइरसको संक्रमणले त्रास गरेपछि सो क्याम्पसको पठनपाठनलाइ पनि प्रभावित बनाएको थियो । त्यस यता नियमित रुपमा पढ्न चाहेन विद्याथीहरु पनि पठनपाठनबाट बञ्चित भएका थिए ।

लामो समयसम्म पठनपाठनको कार्य रोकिए पनि यो समयबाट क्याम्पस प्रमुख दिपक भण्डारीको पहलमा शिक्षकहरुलाई नियमित सहभागि गराई पठनपाठनलाई तिव्रता दिने भएको प्रमुख भण्डारीको भनाई रहेको छ ।

प्रमुख भण्डारीका अनुसार (एमेट) र ब्याचुलरका कक्षा अब देखी नियमीत सन्चालन हुने बताउनु भएको छ । प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार हुने र शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभाव रहित पुर्ण कक्षा संचालन हुनेमा क्यापपस प्रसासन तयारी रहेको बताउँदै प्रमुख भण्डारीले बताउनुभयो ।

यसअघि स्नाकोत्तर तहको पढाइ जिल्लामा नहुँदा विद्यार्थीहरु सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँलगायतका सहरमा जानुपर्ने बाध्यता थियो।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]