सिमकोट । हुम्लाको दक्षिणी भेग क्षेत्रको ताँजाकोट गाउँपालिका वडा नम्वर १ की एक जना महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहिबार सोही ठाउँकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका वडा नम्वर २ का ३६ वर्षीय पुनिमल लुहारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साउन ४ गते ताँजाकोट गाउँपालिका–१ जिउछा स्थित भेडी गोठमा बलात्कार गरेको आरोपमा प्रहरीले लुवारलाई नियन्त्रण्मा लिएको र उनलाई जिल्ला सदरमुकाम सिमकोट तर्फ ल्याउदै गरेको बताइएको छ ।
प्रहरीका अनुसार पीडितको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल हुम्लामा हुने भएको छ । सदरमुकाम सिमकोट पुग्न करीव तीन दिन लाग्ने गर्दछ ।